गोरखा- चुमनुव्री गाउपालिका अन्तर्गत सामागाउ र छेकम्पारका स्थानीय यार्सागुम्वा संकलनका लागी लेक तर्फ लागेका छन् ।
यार्सागुम्वा संकलनको सिजन शुरु भएसँगै उत्त गाउ सुनसान वनेको छ । गाउमा वुढावुढी केटाकेटी मात्र रहेको छेकम्पारका स्थानीय कर्मा लामाले बताए ।
‘यहाँका स्थानीयको मुख्य आयस्रोत यार्सागुम्वा संकलन पनि हो,’ उनले भने,‘दुइ साता देखि गाउका सवैजसो मान्छे लेकतिरै छ ।’ छेकम्परको छेक्या, भजो, फुचुन तथा सामागाउँको साम्दो, सामा र मिमि लेक, सेजाङ लगायतका स्थानमा यार्सा पाइन्छ । एउटै यार्साको पाँच सय भन्दा वढी मुल्य पर्ने स्थानीय बताउछन् ।
‘संकलन गर्न सक्नेले एक सिजनमा दुइ लाख सम्म कमाउछन्,’ उनले भने,‘वजारको समस्या छैन, ब्यपारीहरु गाउमै पनि आउछन्, तिब्बतको वजारमा लगेर वेचेपनि विक्रि हुन्छ ।’ तिब्बतीयन वजारमा यार्सा वेचेर स्थानीयहरुले दैनिक उपभोग्य सामाग्री ल्याउने गर्छन् ।
नुन तेल, चामल, कपडा लगायतका सामाग्री तिब्बतीयन वजारबाट ल्याउने गरेको उनले बताए । यी दुवै गाउमा स्थानीय वाहेक अन्यत्र क्षेत्रका स्थानीयलाई यार्सा संकलनमा रोक लगाइएको छ । सामागाउँ र छेकम्पार गोरखाको अन्तिमका गाउँ हुन् ।
तिब्बत सँग सिमा जोडिएको गाउँका स्थानीयलाई यार्सा संकलन गर्न सके वजारको समस्या छैन । गत वर्षको तुलनामा यस वर्ष यार्सा गुम्वा संकलन सन्तोषजनक नरहेको पनि स्थानीयहरुले बताए । ढिला सम्म हिउँ जम्दा पनि यार्सा संकलनमा कठिन र सोचेजस्तो हुन नसकेको स्थानीयहरुको भनाइ छ ।
प्रतिक्रिया