गोरखा- भिमसेन थापा गाउपालिका वाड न ४ धावा निवासी २२ बर्षिय राजु खनाललाइ अार्थिक सहयाेग जुटेकाे छ । लियाे क्लव अफ गाेरखाका बालकृष्ण परिवारले सामाजिक सञ्जाल मार्फत अभियान सञ्चालन गरी खनानलाइ अार्थिक सहयाेग जुटाएका हुन् ।
युवा अवस्थामा नै मेरुदण्ड भाचिएपछि उनकाे उपचारमा समस्या भएकाे थियाे । घर नजिकैको रुखमा घाँस काट्न जाने क्रममा लडेर घाइते भएका खनाललाइ अस्पताल पुर्याए पछिमात्र उनको मेरुदण्ड नै भाचिएकाे थाहा पाएका थिए ।
सामान्य अार्थिक अवस्था भएका खनालकाे उपचारमा अार्थिक अवस्थाका कारण समस्या भएपछि परियारले अभियान सञ्चालन गरेका थिए । उनकाे नियमित चेकजाच गरिरहनु पर्ने हुदा परिवार आर्थिक जुटाउन नसकेर पिडामा छट्पटी रहेको थिए ।
त्यही क्रममा परियारले खनाललाइ केही आर्थिक सहयोग गर्ने निर्णय गरेर परियारले सामाजिक सञ्जाल मार्फत सुचना जारी गरे । त्यसै सुचनाका आधारमा धेरै सहयोगी दाताहरु मार्फत १ लाख १३ हजार ७ सय ४१ रुपैयाँ संकलन गरी बिहिबार खनालाइ हस्तान्तरण समेत गरेका छन् ।
लियो क्लब अफ गोरखाको सचिव समेत रहेका परियारको समन्वयमा अभियान सन्चालन गरेका बालकृष्ण परियारले संकलित रकम पीडित राजु खनाललाइ उनको परिवारको साथमा भरतपुर हस्पिटल चितवन पुगेर हस्तान्तरण गरेका हुन ।
प्रतिक्रिया