+
Search

ताजा अपडेट +

पपुलर +

पार्टी एकताका बाँकी काम एकदुई दिनमा टुङ्गिन्छः अध्यक्ष प्रचण्ड

4KNationalDaily
२०७६ जेष्ठ ३०, बिहीबार १७:५५ बजे

चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले पार्टी एकताका बाँकी काम एकदुई दिनमा टुङ्गिने बताएका छन् ।

अच्युतराज स्मृति प्रतिष्ठानले वुधवार चितवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकताका बाँकी काम एकदुई दिनमा टुङ्गिने बताएका हुन् ।

‘एकताको काम ढिलो चाहीँ भएको हो तर कामै नभएको चै होइन । यो काम सजिलो काम चै होइन; ‘उनले भने’ विभाजन हुन सजिलो तर एकतावद्ध हुन धेरै गाह्रो । निरास हुनुपर्ने कुनै कारण छैन ।’

आफूले परम्परा तोड्ने र नयाँ परम्परा स्थापित गर्ने गरेको बताउदै राष्ट्र र जनताको हितमा मैले त्यस्तो परम्परा तोड्ने गरेको स्पष्ट पारे । भने, ‘मैले विगतमा प्रतिपक्षको भूमिकाबाट हटेर संविधान निर्माण गरेका हौं । हामी समृद्ध नेपाल र सुखी नेपालीको कुरा गरेका छौं ।’

ठुला आन्दोलनपछिको राजनीतिक परिवर्तन घोषणा भए पनि राज्य संरचना पुरानै स्कुल अनुसार चल्दा उपलव्धी गुम्ने खतरा रहेको औल्याउदै उनले केहि नियम कानुन परिवर्तन भए पनि अझै धेरै कानुन पञ्चायतकालीन भएकाले परिवर्तनलाई संस्थागत गरी विकासतर्फ लम्कन समस्या भईरहेको  बताए ।

विगतमा २००७ साल पछिका विभिन्न राजनीतिक उताचढावलाई हेर्दा परिवर्तन उल्ट्याउदै पुरानै राज्य संरचना हाबी हुने गरेको स्मरण गर्दै प्रचण्डले यसपल्ट पनि त्यस्तो भए अहिलेसम्म कहिल्यै नभएको दुर्घटना आईपर्ने चेतावनी दिए ।

उनले भने, ‘२००७ सालपछि राणासासनबाट साह सासनतर्फ रुपान्तरण हुदा केहि अधिकार जनताले पाएपनि पुरानै राज्य संरचनाको निरन्तरता थियो, ३० वर्षे पञ्चायत घोर निरंकुशता तर्फ फर्कियो, २०४६ सालको एतिहासिक जनआन्दोलनपछि पनि राजतन्त्र अन्तर्गतकै बहुदल थियो, हरेक परिवर्तन निरंकुसताकै सेरोफेरो रहँदा जनताले पुर्ण अधिकार पाएनन ।’

यसअघिको राजनीतिक उपलव्धी उल्टिए पनि धेरै ठुलो क्षति नभएको तर अहिलेको गुणात्मक परिवर्तन उल्टिए ईतिहासमा कहिल्यै नदेखिएको दुर्घट्ना आईपर्ने उनले चेतावनी दिए ।

१० वर्षे जनयुद्ध, ०६२, ६३ सालको जनआन्दोलपछिको विस्तृत शान्ति संम्झौता, बाह्रबुदे समझदारीपछिको परिवर्तन ईतिहासकै गुणात्मक परिवर्तन भएको अध्यक्ष प्रचण्डको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily