गोरखा- जिल्लाकाे सामुदायिक बिद्यालयहरू मध्येकाे सबैभन्दा पुरानो विद्यालयमा ‘भित्ते पत्रिका’ प्रकाशन भएकाे छ । गण्डकी गाउपालिकाकाे विजया भवानी माध्यमिक विद्यालयले विहीवारदेखि भित्तेपत्रिकाको सुरुवात गरेको हाे ।
विद्यार्थीको साहित्य, ज्ञानविज्ञान तथा नयाँ सृजनालाई वृद्धि गर्ने उद्धेश्यले मासिक रुपमा ‘विजया भवानी भित्ते पत्रिका’को सुरुवात गरिएको विद्यालयका प्रधानाध्यापक ठाकुर गुरुङले वताए ।
पत्रिकाको संरक्षकमा ठाकुर गुरुङ, प्रधान सम्पादकमा संगम तिवारी, सम्पादक मण्डलमा विष्णु प्रसाद पाठक, निर्मला घिमिरे र अनिता गुरुङ तथा व्यवस्थापक गोमा विक रहेका छन् ।
२०१७ सालमा स्थापित विद्यालय पूर्ण:त जनजातिहरू धेरै भएकाे विद्यालय हो । किनकी यहाँ ८२ प्रतिशत जनजाति अध्ययन गर्दछन् ।
नेपाल सरकारको अति सिमान्तृत सूचिमा रहेको सवैभन्दा वढी माध्यमिक तहमा अध्ययन गर्ने विद्यालय पनि हो । यहाँ ३१ प्रतिशत विद्यार्थी चेपाङ रहेका छन् ।
शिक्षा तथा व्यवस्थापन संकायमा ११ र १२ अध्ययन हुने यस विद्यालयले यस शैक्षिक सत्र संगै विभिन्न नयाँ कार्यक्रमले विद्यार्थीलाई आर्कर्षित पारेका र भित्ते पत्रिकाले झन् विद्यार्थीको वौद्धिकता वृद्धि गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिर वहादुर गुरुङले वताए ।
भित्ते पत्रिकको प्रकासनले विद्यार्थीको लेख, रचना धेरै आएको र आगामी अंकमा क्रमस विद्यार्थीको रचनालाई समेट्ने पत्रिका सम्पादन मण्डलका सदस्य विष्णु प्रसाद पाठकले जनाए ।
प्रतिक्रिया