+
Search

ताजा अपडेट +

पपुलर +

चतुर्मालामा बाल क्लब र इको क्लब गठन

4KNationalDaily
२०७६ असार ६, शुक्रबार ११:१९ बजे

गोरखा- अजिरकोट गाउँपालिका -५ स्थित चतुर्माला माध्यमिक विद्यालयमा गठित चतुर्माला बाल क्लब तथा चतुर्माला इको क्लबको वार्षिक साधारण सभा सप्पन्न भएको छ ।

विद्यालयमा भएको अलग अलग कार्यक्रमबाट शैक्षिक सत्र २०७६ को लागि कार्यसमिति गठन गरिएको विद्यालयले जनाएको छ ।

बाल क्लबका पूर्व सचिव कमल ढकालको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक बुद्धि बहादुर विकको प्रमुख आतिथ्यता एवम् सहायक प्रधानाध्यापक कालिका प्रसाद अधिकारीको विशेष उपस्थित र तथा विद्यालयका शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको सहभागीतामा भएको कार्यक्रमबाट शैक्षिकसत्र २०७६ का लागि कक्षा १० मा अध्ययनरत छात्रा सुलोचना देवकोटाको अध्यक्षतामा ११ सदस्यीय बाल क्लब गठन भएको छ ।

जसको उपाध्यक्षमा प्रशान्त ढकाल, सचिवमा सबिन रम्तेल, सहसचिवमा समिता मगर तथा कोषाध्यक्षमा कमल ढकाल चयन भएका छन् भने सदस्यहरुमा सन्तोष तमाङ, प्रशान्त तण्डुकार, नकुल देवकोटा, सिमा बयलकोटी, पवित्रा अम्गाई र सुनिता गुरुङ्ग रहेका छन् ।

यसै गरि विद्यालय को एक अर्को कार्यक्रमबाट कक्षा १० मै अध्ययनरत छात्रा समिक्षा देवकोटाको अध्यक्षतामा २५ सदस्यीय चतुर्माला इको क्लव पनि गठन भएको छ । जसको उपाध्यक्ष अर्जुन गुरुङ , सचिब प्रेरणा ढकाल, सहसचिव सरोज थापा, कोषाध्यक्ष शान्ति गुरुङ र अन्य २० जना सदस्य हरु रहेका छन् ।

दुवै कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप शिक्षक तेजकान्त धिताल, बाल क्लब संयोजक शिक्षक गङ्गाधर अम्गाई, शिक्षकहरु रघुनाथ अधिकारी, वासुदेव देवकोटा, बिष्णु भट्ट, शारदा ढकाल लगायतबाट सहजीकरण भएको विद्यालयले जनाएको छ ।

अजिरकोट गाउँपालिकाले ‘पालिका स्तरीय बाल संजाल’ गठन गर्ने उद्देश्यका साथ सबै विद्यालयहरुलाई निर्देशन गरेकोले विद्यालय स्तरमा तत्काल बाल क्लब तथा इको क्लब गठन गर्ने उद्देश्यले तत्काल साधारण सभा गर्न लागिएको विद्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily