+
Search

ताजा अपडेट +

पपुलर +

फुलवारी वनाउँदै विजया भवानी

4KNationalDaily
२०७६ असार ६, शुक्रबार २०:१० बजे

गाेरखा- गण्डकी गाउँपालिकाको वडा नं १ को मकैसिङमा अवस्थित विजया भवानी माध्यमिक विद्यालयले शुक्रवार फुलवारी निर्माण गरेको छ ।

विद्यालयको वार्षिक कार्यपात्रो अनुसार विद्यालयको हाता सुन्दर र शैक्षिक वातावरण सुन्दर वनाउने उदेश्यले फुलवारी निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक ठाकुर गुरुङले वताए ।

विद्यालयका ३०२ विद्यार्थीलाई विद्यालयको हाताभित्र डेड इन्चको क्यारी निर्माण गरी मल पनि हालिएको हो । एक विद्यार्थी एक विरुवा अभियान अन्तरगत प्रत्येक कक्षाका विद्यार्थी परिचालन गरि फुलवारी निर्माण गरिएको हाे ।

सो फुलवारीले विद्यार्थीको शैक्षिक मनोवल वढाउने विद्यालयका शिक्षक विवि राईले बताए  । विद्यालयको फुलवारी वनाउने कार्यले निकै हौसला वढेको कक्षा नौ की छात्रा इसारा चेपाङ वताउँछिन् ।

दक्षिणी गोरखाको मकैसिङमा रहेको यस विद्यालयले विभिन्न नयाँ शैक्षिक कार्यक्रमले विद्यालयको वातावरण सुन्दर भएको र यसलाई निरन्तरता दिएमा सुनमा सुगन्ध हुने पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोकमान गुरुङले वताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily