गाेरखा– विजया भवनी माध्यमिक विद्यालयका संस्थापक, समाजसेवी, शिक्षाप्रेमी स्व. होमनाथ घिमिरेको वार्षिकीको अवसरमा उनको स्मृतिमा लिखित ‘समाजसेवी होमनाथ घिमिरे’ पुस्तकको विमोचन तथा लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
मंगलवार गण्डकी गाउँपालिका वडा नं १ को मकैसिङकमाा आयोजित पुस्तक विमोचन कार्यक्रममा वेल्जियम तथा युुरोपियन आयोगका पूर्व राजदुत, परराष्ट्रविद् एवं विद्यालयका पूर्व शिक्षकद्वय प्रमेश हमाल तथा मौसमविद् ओमरत्न वज्रचार्यले संयुक्त रुपमा गरेका हुन्।
पूर्व प्रधानपञ्च समेत रहेका घिमिरेको संस्मरणात्मक ग्रन्थ लोकार्पण तथा परिचर्चा कार्यक्रममा उनको योगदानको वारेमा परिचर्चा गरिएको छ ।
उनले तत्कालिन अवस्थामा मकैसिङको विकासमा खेलेको भूमिका उच्च रहेको घिमिरेका सुपुत्र तथा पुस्तकका प्रकाशक रञ्जन घिमिरेले बताए ।
कार्यक्रममा हमालले घिमिरेलाई स्मरण गर्दै भने ‘पंचायती नेता भएतापनि क्रान्तिकारी र विकासवादी नेता हुनुहुन्थ्यो ।’
मौसमविद तथा पूर्व शिक्षक ओमरत्न वज्रचार्यले दक्षिणी गोरखाको शिक्षाको ज्योति छर्ने नेता तथा समाजसेवी रहेको र उनको कार्यकालमा मकैसिङको मुहार फेरिएको दावी गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सदस्य दीपक तिमिल्सनाले पंचायती व्यवस्था हुँदै जनयुद्धकालमा समेत घिमिरेले मकैसिङ विकासमा निकै योगदान पु¥याएको चर्चा गरे ।
विद्यालयका प्रधानाध्यापक ठाकुर गुरुङले स्वागत मन्तव्य दिंदै विद्यालयको शैक्षिक प्रगति भएमात्र विद्यालयका संस्थापक स्व. होमनाथ घिमिरेको अधुरो सपना साकार हुुने र उनको आत्माले शान्ति पाउने धारणा राखे।
विद्यालयका पूर्व शिक्षक एकराज शर्माको संचालन रहको सो समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय कपिल वावु अधिकारी, चन्द्र वहादुर गुरुङ विद्यालयका शिक्षक विल वहादुर प्रजा कवि कृष्ण प्रसाद पोखरेल लगायतले पुस्तकवारे समिक्षा गरेका थिए ।
प्रतिक्रिया