गाेरखा- गण्डकी गाउँपालिका वडा नं १ निवासी स्व. क्याप्टेन सम्सेर वहादुर गुरुङको अर्धकदको सालिक अनावरण तथा उgको सालिकमा माल्यापण गरिएको छ ।
२०७२ सालमा गएको भूकम्पले क्षति भएको उgको अर्धकदको सालिकलाई मंगलवार वेल्जियम तथा युरोपियन आयोगका पूर्व राजदुत, परराष्ट्रविद् र वरिष्ट मौसमविद् प्रमेश हमाल र ओमरत्न वज्रचार्यले संयुक्त रुपमा पुन अनावरण र माल्याँपण गरेका थिए ।
दक्षिणी गोरखाको मकैसिङमा रहेको विजया भवानी माध्यमिक विद्यालयका संस्थापक समेत रहेका समाजसेवी गुरुङले विसं २०२५ सालमा तत्कालिन भवानी शारदा प्राईमरी स्कूललाई विजया भवानी निम्न माभ्यमिक बिद्यालयका तथा मावि वनाउन उल्लेखनीय भूमिका खेलेका थिए ।
२८ वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वनी सेवा गरेको गुरुङको योगदानको उच्च मुल्याँकन गर्दै भूकम्पले क्षति भएको उनको अर्धकदको सालिक पुन औपचारिक रुपमा अनावरण र उनको सालिकमा माल्यापण गरिएको विद्यालयका प्रधानाध्यापक ठाकुर गुरुङले वताए ।
उनका छोरा वलवहादुर गुरुङले आफ्ना वुवाले यस विद्यालय प्रगती गर्न दिलोज्यान दिएको भन्दै उनको सालिक विद्यालयको प्रशासनीक भवन अगाडी स्थापना गरेकोमा खुशी व्यक्त गरे ।
प्रतिक्रिया