+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

4KNationalDaily
२०७६ असार १२, बिहीबार ०९:०६ बजे

गोरखा- गोरखा नगरपालिकामा आईतबार देखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । नगरपालिकाको १४ वटै वडाहरुबाट बेरोजगारहरुको छनोट गरि चालु आर्थिक बर्ष २०७५/७६ लागि २ सय ५२ जनालाई रोजगारी दिइएको कार्यक्रम संयोजक गीता बस्नेतले जानकारी दिइन ।

बैशाख मसान्तसम्म बेरोजगारहरुलाई रोजगारीका लागि वडास्तरबाटै निवेदन आवहन गरि छनोट गरेर चालु आर्थिक बर्षमा कम्तीमा १५ दिन नघट्ने गरि रोजगारी दिइएको उनले बताए ।

‘श्रमिकहरुलाई रोजागारी दिनेगरि ४९ लाख रुपैया आएको छ, उनले भने ‘उक्त रकम मार्फत बेरोजगारहरुलाई रोजगारी दिएर बिकास निर्माणका काममा लगाउन शुरु गरिएको हो ।’ आएको बजेटमध्ये ७० प्रतिशत रकम श्रमिकहरुको ज्यालामा खर्च गर्नुपर्ने व्यवस्था रहेको उनले बताइए ।

कार्यक्रमका लागि नगरपालिका भित्र १ हजार ६०८ जनाले आवेदन दिएका थिए । ‘आबेदन दिएका मध्ये सवै बेरोजगार भएपनि उनिहरुको योग्यता अनुसार काम दिन सक्ने अबस्था नभएकाले अहिलेका लागि बिकास निर्माण काम गर्न सक्ने श्रमिकहरुको छनोट गरेको रोजगारी दिइएको उनले बताइए ।

‘निवेदनको शैक्षिक योग्यता अनुसार उनिहरु सडक मर्मत लगायतका काममा जान तयार भएनन्, जो जो ज्याला मजदुरीका लागि तयार भए उनिहरुलाई छनोट गरेर रोजगारी दिइएको हो’ उनले भने ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत छनोटमा परेकाहरुलाई सडक बाटो मर्मत सम्हार, सिडी बाटो निर्माण, बिद्यालय भवनको कम्पाउण्ड निर्माण, सडक पेटी तथा नाला सरसफाई लगायतका काम दिइएको उनले जानकारी दिइन ।

‘कार्यबिधिमा श्रमिकलाई काम दिने भन्ने छ, उनले भनिन ‘त्यसै अनुसार वडास्तरबाटै बेरोजगार छनोट गरेर रोगजारी दिएका हौं ।’ उनिहरुलै दैनिक ८ घण्टा काम गरे बापत रु ७ सय ज्याला पाउने संयोजक बस्नेतको भनाई छ ।

‘चालु आर्थिक बर्षमा उनिहरुलाई १५ दिनका लागि रोजगारी दिइएको हो, उनले भनिन् । कार्यक्रम अनुसार चालु आर्थिक बर्षमा १६३ जनालाई कम्तिमा ३० दिन दैनिक ७ सय रुपैयाको दरले रोजगारी दिने व्यवस्था थियो ।

सो अनुसार कुल बजेटको करिव ३४ लाख २३ हजार रुपैया श्रमिकको ज्यालमा खर्च गर्नुपर्नेछ । तर कार्यक्रम ढिलो गरि शुरु हुदा १५ दिनका लागि बढिलाई रोजगारी दिईएको बस्नेतले बताए ।

अहिले छनोटहरुलाई ज्याला बापत प्रधानमन्त्री रोजगार कार्यक्रममा आएको बजेटमध्ये २६ लाख ४६ हजार रुपैया ज्यालमा खर्च हुने उनले बताए । संयोजक बस्नेतले पहिलो चरणमा नगरपालिकाको वडा नम्बर १ बाट १३ जना, २ बाट ११ जना, ३ बाट २७ जना, ४ बाट ३७ जना, ५ बाट ८ जना, ६ बाट १० जना, ७ बाट १६ जनालाई रोजगारी दिइएको बताए ।

त्यस्तै वडा नम्बर ८ बाट ५ जना, ९ बाट १३ जना, वडा नम्बर १० बाट १८ जना, वडा नम्बर १ बाट १, १२ बाट ४४, १३ बाट ४० र १४ बाट ९ जनाले रोजगार पाएको बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily