काठमाडौं- धादिङ केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहीबाार राति १० बजेर २१ मिनेटको समयमा जिल्लाको खरीक्षेत्राई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो भुकम्पको धक्का धादिङ र गोरखा सहितका जिल्लामा महसुस गरिएको छ । मापन केन्द्रका अनुसार यो पनि २०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पकै परकम्प हो।
गोरखा भूकम्पपछि गोरखा, धादिङ र सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर धेरै परकम्प गएका छन्। हालसम्म ४ म्याग्निच्यूडमाथिका परकम्पको संख्या करिब ५ सय हाराहारी छ।
यसअघि जेठ ३२ गते जाजरकोट केन्द्रबिन्दु भएर ४ दशमलव ५ म्याग्निच्यूडको भुकम्प गएको थियो ।
प्रतिक्रिया