गाेरखा- लागू औषध दुरूपयोग तथा अबैध ओसार पोसार विरूद्वको अन्तर्रा्ष्ट्रिय दिवसका अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमको बुधबार समापन गरिएको छ ।
समृद्द राष्ट्र निर्माणका लागि लागू औषध रहित स्वस्थ जीवन भन्ने नाराका साथ कार्यक्रमको समापन गरिएको हो । जिल्ला प्रहरी कार्यालय र सामुदायीक सेवा केन्द्र गोरखाको संयुक्त आयोजनामा सचेतनामुलक ¥यालीका साथ सप्ताहब्यापी कार्यक्रम समापन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयको गेटबाट निकालिएको ¥याली बसपार्कमा पुगेर समापन कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमका बक्ताहरुले सभ्य समाज र लागुऔषध मुक्त समाज निर्माणमा परिवारको आफ्ना बालबालिकाप्रतिको व्यवहार महत्वपूर्ण हुने बताएका थिए ।
उनीहरुले पछिल्लो समय लागु औषधमा युवाहरूको बढ्दो लतले गर्दा समाज नराम्रो दलदलमा फस्दै गएकोप्रति चिन्ता व्यक्त गरे।
सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष अच्युतलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रम्ुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, गोरखा नगरपालिकाकी उपमेयर विना कुमारी श्रेष्ठ, प्रहरी उपरिक्षक भोलाबहादुर रावल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
असार ५ गते देखि सप्ताहव्यापी रुपमा मनाइएको कार्यक्रम अन्तरगत विभिन्न स्थानहरूमा खेतीकै रूपमा सञ्चालन गरिएको गाजा खेती फडानीका साथै विभिन्न सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया