काठमाडाैं- नेपाली चलचित्रमा चर्चित नाम हो साम्राज्ञी राज्यलक्ष्मी शाह। अनमोल केसीसंगकाे पहिलो फिल्म ‘ड्रिम्स’ खेलेकी साम्राज्ञी त्यही फिल्मबाट उनको भाग्य चम्कियो भन्न सकिन्छ ।
त्यसो त आफ्नो अब्बल अभिनय शैली भएकी नायिका साम्राज्ञी को त्यस पछी आएका प्राय सबै फिल्म हिट छन।
बेला बेला प्रेम चर्चामा समेत आईरहने साम्राज्ञी अहिले भने दुई वटा फिल्म को छायांकन सकाएर मस्ती मुडमा रहेकी छिन ।
चलचित्र मारुनी र रातो टिकाको छायांकन सकिए पछी अहिले साम्राज्ञी आफ्नो इन्स्टामा फोटो हरु पोस्ट गर्दै मस्ती मुडमा देखिएकी छिन। त्यसो त सामाजिक संजालमा निकै अपडेट नायिकामा पार्छिन साम्रागी ।
साम्राज्ञीको चलचित्र मारुनी भाद्र १३ गते बाट रिलिजको तयारीमा रहेको छ भने रातो टिका आगामी दशैमा रिलिजको तयारीमा रहेको छ।
प्रतिक्रिया