+
Search

ताजा अपडेट +

पपुलर +

एसईई परीक्षाको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

4KNationalDaily
२०७६ असार १२, बिहीबार १७:५४ बजे

काठमाडौं- २०७५ मा भएको एसइईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो।

परीक्षामा सामेल २ जना विद्यार्थीको सबै परीक्षा रद्द भएको छ भने ४८ जनाको आंशिक परीक्षा रद्द भएको छ।

प्रदेश १ बाट ८३ हजार ६ सय १८, प्रदेश २ बाट ७० हजार ५ सय १८, प्रदेश ३ बाट १ लाख हजार २, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश ५ बाट ७६ हजार ९ सय ८३, कर्णाली प्रदेशबाट ३५ हजार ६ सय ३४ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ विद्यार्थी सामेल थिए।

२०७५ चैत्र १० गतेबाट सुरु भएको परीक्षामा कुल ४ लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी भएका थिए। देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र तोकिएको थियो। तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

यसरी हेर्न सकिन्छ नतिजा

एसइईको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट थाहा पाउन सकिन्छ ।

परीक्षा नियन्त्रण कार्यालयले शिक्षा मन्त्रालयको वेबसाइट www.moest.gov.np,

शिक्षा तथा मानवस्रोत विकास केन्द्रको वेबसाइट www.doe.gov.np,

परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np 

नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np

र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np

बाट नतिजा हेर्न सकिने जनाएको छ । नेपाल टेलिकमका ग्राहकले १६०० डायल गरी वा एनसेल र टेलिकम दुवैका ग्राहकले १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सक्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily