+
Search

ताजा अपडेट +

पपुलर +

छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा अध्यक्ष पक्राउ

4KNationalDaily
२०७६ असार १४, शनिबार ११:४८ बजे

सांकेतिक तस्बिर

गोरखा- छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा पालुङटार नगरपालिका–४ स्थित अमरज्योति जनता माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रकाश न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीमाथि सोमबार राति विद्यालयमा १२ कक्षा पढ्ने १६ वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोप नियन्त्रणमा लिएको हाे ।  पीडित छात्रालाई छात्राबासमा रहेको कोठामा गई संवेदनशील अंगहरुमा छुनेजस्ता व्यवहार गर्दै आएका थिए ।

त्यसैक्रमा असार २ गते राती कक्षा १२ मा अध्ययतरत छात्रालाई रातको २ बजे छात्राबासको झ्यालबाट सिरक तान्ने र छात्रा डराएर खाट मुनी सुते पछि तन्ना समेत तानेर च्यातेका थिए ।

त्यसपछि पीडित छात्राका आफन्तले प्रहरीमा रिपोर्ट गरेका थिए । त्यसैको आधारमा अध्यक्ष न्यौपानेलाई प्रहरीले हिजो साँझ तिर नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

पिडित छात्राले बिहीबार नै अध्यक्षले आफुलाई अभद्र ब्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरी दिइएकी छिन । उनी विद्यालयमा रहेको ब्लाइण्ड होस्टेलमा दृष्टिविहिन शिक्षिका नाताले सानिआमासँग बसेर पढ्दै आएका थिए ।

निवेदन आएपछि न्यौपानेलाई झिकाएर अनुसन्धान भइरहेको एसपी भोला रावलले बताए । सार्वजनिक हितविरुद्घको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । आरोपित न्यौपानेले भने आफूलाई फसाउन खोजेको आरोप लगाएका छन् । ‘विद्यालय बनाउने कि बिगार्ने भन्ने लडाइँ हो, केही व्यक्तिले सुनियोजित तवरले फसाउन खोजेका छन्,’ उनले भने ।

परिक्षा स्थगित

विद्यार्थीले परीक्षा बहिस्कार गरेपछि विद्यालयले वर्षेबिदा गरेको छ भने बाँकी तीनवटा विषयको परीक्षा साउन पहिलो हप्ता विद्यालय सुचारु भएपछि लिने तयारी रहेको प्रधानाध्यापक माधवराज देवकोटाले बताए ।

न्यौपानेलाई कारबाहीका माग गर्दै बिहीबारको परीक्षा विद्यार्थीले बहिष्कार गरेका छन् । ‘तीनवटा विषयको परीक्षा बाँकी थियो, बिहीबार विद्यार्थीले परीक्षा बहिष्कार गरी आन्दोलनमा उत्रिए,’ प्रधानाध्यापक माधव देवकोटाले भने, ‘बाँकी परीक्षा स्थगित गरी बर्खे बिदा दियौँ ।’ १३ साउनमा विद्यालय खुलेपछि बाँकी परीक्षा गर्ने विद्यालयको तयारी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily