+
Search

ताजा अपडेट +

पपुलर +

पालुङटारमा दाँदे लगाउँदै बाबुराम

4KNationalDaily
२०७६ असार १५, आईतवार १५:४२ बजे

गाेरखा- पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई गृहजिल्ला गाेरखामा छन् । उनी असार १५ मनाउन जिल्ला आएका हुन्।

असार १५ अर्थात् धान दिवसको दिन आइतबार भट्टराई आफ्नै गाउँ गोरखामा गोरुसँगै खेत हिल्याइरहेको अवस्थामा देखिएका हुन्।

 

धान दिवसको अवसरमा भट्टराई पालुङटार नगरपालिका-१ खोप्लाङ गोरखा पुगेका थिए। उनको पुर्ख्यौली गाउँ त्यहीँ हो। त्यहाँ मल्टीपर्पोज कृषि फर्मले कार्यक्रम आयोजना गरेको थियो। पूर्वप्रधानमन्त्री भट्टराईले धान दिवसमा गोरुसँगै दाँदे लगाए।

पालुङटार नगरपालिका-१, खोप्लाङस्थित ज्यतिचौतारामा बाबुराम किसानहरूसँगै रोपाईँमा सहभागी भइ दाँदे लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो गाउँमा  १५ असार मनाउदैँ गरेको फोटो राखेका छन्।

धेरै किसानहरूले धान रोप्दै मुलुकभर धान दिवस मनाएका छन्। आजकै दिन धान रोप्दै हिलो खेल्ने चलन पनि छ। आम किसान मात्र होइन, राष्ट्रिय जीवनका चर्चित पात्रहरू पनि आजका दिन रोपाईँमा रमाउँछन्।

हातमा कोदाली लिएर उनी हिलो खेतमा देखिएका छन्। ट्वीटरमा उनले धान दिवसमा आफ्नो सहभागिताका केही तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कृषिको आधुनिकीकरण र व्यवसायिकरणमा जोड दिऔं, स्वदेशमै रोजगार सिर्जना गरौं। कृषिमा आत्मनिर्भर बनौं।’

 

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily