काठमाडौं- ‘स्वच्छ अनि सफा काठमाडौं’ अभियानका अभियान्ता, महानगरीय प्रहरी वृत लैनचौरको साझेदारीमा गाँजा फडानी गरिएको छ ।
नयाँबजार खुसिबुमा खाली जग्गामा रहेको गाजा ‘स्वच्छ अनि सफा काठमाडौं’ अािभयानका यूवा, प्रहरी र समूदायमा रहेका व्यक्तिहरुको सहभागितामा उक्त कार्य गरिएको हो ।
समाजमा लागूपदार्थको सेवनबाट हत्या हिंसा चोरी डकैती दिन प्रतिदिन बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्नको लागि उक्त कार्य गरिएको हो । समाजमा रहेको बढ्दो बेरोजगारी समस्याले यूवाहरुलाई कुलतमा लाग्न यि तत्वहरुले आकर्षण गरिरहेको र त्यसलाई केहि मात्रमा कमि ल्याउनको लागि उक्त कार्य अघि बढाएको सामुदायिक सेवा केन्द्र जयप्रकाश श्रेष्ठले बताए ।
काठमाडाैंमा बिभिन्न विसङगति यौन हिंसा जस्ता गलत कृयाकलाप निम्त्याउन गाजा लगायत अन्य लागूपदार्थहरुको मुख्य बिषय रहेकोले आफूहरुले त्यसलाई न्युनिकरण गर्नको लागि कार्यक्रम अगाडि बढाइएको सामाजिक अभियान्ता सुदिप पनेरुले बताए । यस अभियानमा सिधी गणेश टोल सुधार समितिको अध्यक्ष राम बहादुर ठकुरिको पनि सहभागीता थियो ।
प्रतिक्रिया