+
Search

ताजा अपडेट +

पपुलर +

बालाजुको जग्गा खानेलाई पानीमुनि गए पनि छाड्दिन : बाँस्कोटा

4KNationalDaily
२०७६ असार १६, सोमबार २२:०० बजे

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बालाजुमा रहेको २७ रोपनी सरकारी जग्गा खोजी गरिने बताएका छन्। चलचित्र विकास बोर्डको १९ औँ वार्षिकोत्सवमा बोल्दै बाँस्कोटाले सरकारी जग्गाबारे चासो देखाएका हुन्।

सोमबार काठमाडौंको चाबहिलस्थित नेपाल चलचित्र बिकास बोर्डको आयोजना भएको कार्यक्रममा मन्त्री बाँस्कोटाले भू–माफियाप्रति प्रश्न गर्दै भने ‘सरकारले फिल्म स्टेसन हल बनाउन दिएको बालाजुको जग्गामा कसको मनोमानी भईरहेको छ?’

उनले भू–माफियालाई चेतावनी दिँदै थपे, ‘चाहे जसको मनोमानी होस् म छोड्नेवाला छैन।’ जग्गा खोजी गर्न आफू जस्तोसुकै अवस्था आइपरे पनि लागिपर्ने मन्त्री बाँस्कोटाको भनाइ छ । ‘म त्यो जग्गा अब पत्ता लगाएरै छोड्छु, यो जग्गा खाएर पानीमुनि गए पनि म छाड्ने छैन।’ मन्त्री बाँस्कोटाले दाबी गरे।

निकै आक्रामक रुपमा प्रस्तुत भएका मन्त्री बाँस्कोटाले भने,‘ उक्त जग्गामा फिल्म स्टेसन बन्छ–बन्छ तर, त्योभन्दा अघि त्यहाँको जग्गा खाने जो कोही भए पनि समातेर, ल्याएर पछारेर मात्र काम अघि बढ्नेछ।’

बालाजुस्थित राष्ट्रिय फिल्म विकास निगम नेपाल (एनएफडिसी) क्षेत्रभित्र रहेको कुल २७ रोपनी जग्गामध्ये हाल ६.५५ रोपनी जग्गा मात्र सरकारका नाममा छ। बाँकी जग्गा रेकर्डमा नरहेको र यसलाई फिर्ता गर्न आफू पूर्ण रुपमा लागि पर्ने बोर्ड अध्यक्ष केशव भट्टराईको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily