+
Search

ताजा अपडेट +

पपुलर +

चुनावमा त हारे, तर जनताको मन जिते

4KNationalDaily
२०७६ असार २१, शनिबार ११:३५ बजे

गोरखा- २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो,त्यत्तिबेला अजिरकोट गाउँपालिकाको अध्यक्षका लागि तत्कालिन समयमा माओवादीले जनयुद्धमा लागेका गोरखा अजिरकोट गाउँपालिका वडा नम्बर ५ का दीपक देवकोटालाई उठायो ।

तत्कालीन अवस्थामा उनी अजिरकोटवासीका माझमा परिचित थिएनन् । चुनाव ३१ बैशाखमा भयो तर उनी बिजय हुन सकेनन् तर उनले हरेश खाएनन् बरु जनताको सेवामा रातदिन लागिरहे ।

चुनावमा पराजित भएपनि अजिकोटकको टोल,बस्तीका आम दुःखी गरिबका माझमा उनी सँधै अहिले भेटिन्छन् । उनकै अगुवाइमा अहिले अजिकोटममा बिकास निर्माणका काम भइरहेको छ ।

अजिकोटको स्थानीय निकायमा नेपाली काँग्रेसको सरकार भएपनि बिकासको काम भने नेकपाका नेता दीपक देवकोटाको अगुवाइमा भइरहेको स्थानीयहरुले बताएका छन् ।

शिक्षा,स्वास्थ्य,खानेपानी तथा बिजुलीको क्षेत्रमा देवकोटा आफै खटेर काम गरिरहेको अजिकोटा गाउँपालिका वडा नम्बर ३ का स्थानीय युवा प्रकाश अधिकारीले बताए ।

उनले दीपक दिनरात जनताको सेवामा खटिएको र अजिकोटका कुनैपनि नागरिकहरुले कुनै समस्या झेल्न परे आफै खटिएर तत्काल समाधान गर्ने गरेको बताए ।

अजिकोटका कतिपय गाउँका स्थानीयहरु अझैपनि राष्ट्रिय बिधुतको पहुँचबाट टाढा रहेको भएपनि दीपकले नेकपाका प्रवक्ता एवम् संसदीय निर्वाचन २०७४ मा नै गोरखा २ बाट उम्मेदार बनेका नारायणकाजी श्रेष्ठको सहकार्यमा अधिकांश स्थानमा बिजुलीको पोल गाडेको र अब बत्ती बल्ने अन्तिम तयारीमा रहेको स्थानीयहरु बताउछन् ।

चुनावमा पराजित भएपनि आफूलाई जनताको काम गर्दा निकै गर्व हुने गरेको दीपक बताउछन् । अब करिब दुई बर्षपछि फेरि हुने स्थानीय तहको चुनावमा अजिकोटको प्रमुख पदमा उनी उठ्ने तयारीमा नै रहेको उनी निकटका ब्यक्तिहरुले बताउछन् तर दीपकले भने जनताले पत्याए र पार्टीले साथ दिए आफू पछि नहट्ने तर्क प्रश्तुत गर्छन् ।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका देवकोटाले अजिकोटवासीको सुखदुःखमा आफू सदैव रहने प्रतिबद्धता जनाएका छन् ।

तत्कालिन एमाले र माओवादी पार्टी एक भएपछि अजिकोट गाउँपालिकामा नेकपा ठूलोपार्टी बनेको भएपनि स्थानीय सरकार भने काँग्रेसको छ र जसको नेतृत्व काँगेसका नेता फडिन्द्र धितालले गरिरेहका छन्  ।

कृष्णउदास खनाल

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily