+
Search

ताजा अपडेट +

पपुलर +

लेदोले पृथ्वीराजमार्ग अवरुद्ध

4KNationalDaily
२०७६ असार २७, शुक्रबार १६:३४ बजे

धादिङ- पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

मुग्लिन-नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेको लेदोले सडक पुरिएपछि आज दिउँसो साढे १२ बजेदेखि सडक अवरुद्ध भएको हो ।

डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेदो झरेर सडक अवरुद्ध भएपछि सवारी साधनहरू बीच बाटैमा रोकिएका छन् । सो स्थानमा पानी परेपछि माथिबाट आएको लेदोले पटक–पटक सडक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily