+
Search

ताजा अपडेट +

पपुलर +

समाजावादी-राजपाले एकता गरेर सबैलाई चकित पार्ने !

4KNationalDaily
२०७६ श्रावण २, बिहीबार ०८:५१ बजे

काठमाडौं- समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीरकण प्रक्रिया भित्रभित्रै धेरै अघि बढेको छ।

तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण गरी सबैलाई चकित पारेजस्तै समाजवादी र राजपाबीच जतिसक्दो चाँडो एकीकरण गरी चकित पारेर देखाउन दुवै पार्टीका नेताहरूले औपचारिक–अनौपचारिक वार्ता अघि बढाएका छन्।

राजपाका वरिष्ठ उपाध्यक्ष शर्वेन्द्रनाथ शुक्लले समाजादी पार्टी र राजपाबीच एकीकरणका लागि औपचारिक–अनौपचारिक वार्ता र छलफल पटकपटक भइरहेको बताउँदै जतिसक्दो चाँडो टुंगो लगाउने तयारी भएको बताए।

उनले भने, ‘अहिले बाढीपीडित उद्धारको काममा नेताहरू मधेसमा व्यस्त हुनु भएको छ। बाढी पहिरोको मौसम सकिएपछि एकीकरण प्रक्रिया पुनः अघि बढ्छ।’

बाढीपीडित क्षेत्रमा नेताहरू व्यस्त भएकोले विगत ८/१० देखि वार्ता प्रक्रिया रोकिएको उनले जनाए। दुई पार्टीबीच एकीकरण प्रक्रिया अघि बढेको समाजवादी पार्टीका महासचिव रामसाह यादवले पनि बताए।

‘दुइ पार्टीबीच एकीकरण प्रक्रिया औपचारिक–अनौपचारिक रूपमा अघि बढेको छ। यसका लागि विभिन्न तहमा छलफल भइहेको छ,’ उनले भने। एकीकरण प्रक्रियाको नेतृत्व गरिरहेका दुवैपक्षका शीर्ष नेताहरू भने एकीकरण प्रक्रियाबारेमा धेरै बोल्न चाहन्नन्।

राजपाका अध्यक्षमण्डलका एक सदस्य भन्छन्, ‘अहिले सबै कुरा बाहिर ल्याउने हो भने एकता भाँड्न सुरु हुन्छ। हुन लागेको एकता पनि बिग्रन्छ। त्यसैले यसबारेमा केही नभनौँ।’ यो खबर आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily