गाेरखा- भारत सरकारको सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाबाट संकटासन्न परिवारलाई सुरक्षित आवासका लागि गरिरहेको सहजिकरणमा गोरखा नगरपालिका बडा नम्बर ५ ले एक्येबद्धता जनाएको छ ।
गोरखा नगरपालिका बडा नम्बर ५ को सक्रियतामा पदेलथोक निवासी संकटासन्न एकल वृद्धा विष्णुमाया सार्कीलाई सहयोग स्वरुप जस्तापाता एक समारोहबीच हस्तान्त्रण गर्दै सहजिकरणमा ऐक्यबद्धता जनाएको हो ।
बडा अध्यक्ष राम कुमार थापाले परियोजनाले निजी आवास निर्माण तर्फ गरीरहेको सामाजिक प्राविधिक सहजिकरण कार्यले आफू निकै प्रभावित भएको बताए । उनले भावी दिनमा पनि परियोजनाको काममा सहयोग र सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे ।
संकटासन्न एकल वृद्धा विष्णुमायाको निजी आवास परियोजनाकै सामाजिक प्राविधिक सहजिकरणमा निर्माण सम्पन्न गोरखा नगरपालिकाका समूह संयोजक ईश्वर घिमिरेले बताए ।
कार्यक्रममा वडा कार्यपालिकाका सदस्यहरु, पंदेलथोक टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरु र भारत सरकारबाट सहयोग प्राप्त नेपाल आवास पुननिर्माण गोरखा नगरपालिकामा कार्यरत कर्मचारीको उपस्थिति रहेको थियो ।
परियोजनाले गोरखाका २ नगरपालिका पालुंगटार र गोरखा तथा अजिरकोट, शहिद लखन, गण्डकी, सिरानचोक, आरुघाट र धार्चे सहित ६ गाँउपालिकामा निजी आवास पुनर्निर्माणमा सामाजिक प्राविधिक सहजिकरण गर्दै आएको छ ।
प्रतिक्रिया