+
Search

ताजा अपडेट +

पपुलर +

समता अस्पतालमा कर्मचारी आत्महत्या प्रकरण : ३ लाख धरौटीमा छोड्न अदालतको आदेश

4KNationalDaily
२०७६ श्रावण २, बिहीबार १२:५५ बजे

काठमाडौं- जिल्ला अदालत काठमाडौंले समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला सञ्जेल र दुई जना कर्मचारीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

अस्पतालकी कर्मचारी बिमला तामाङ ३ असारमा मै मृत अवस्थामा भेटिएकी थिइन् ।

उनको शव शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको थियो तर, मृतकका आफन्तले भने उनको हत्या भएको भन्दै किटानी दिएका थिए ।

त्यसआधारमा उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतमा ज्यान मुद्दा चलाएको थियो ।

जिल्ला न्यायाधीश अर्जुनकुमार कोइरालाको एकल इजलासले सन्जेल पत्नी कला तथा कर्मचारीद्धय तीर्थकुमारी श्रेष्ठ र संगीता केसीसँग जनही तीन लाख धरौटी मागेको थियो ।

धरौटी रकम बुझाउन नसकेकाले हिरासतमै रहेको प्रहरीले जनाएको छ । आज बिहीबार धरौटी रकम बुझाएर छुट्ने तयारी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily