+
Search

ताजा अपडेट +

पपुलर +

छवि र शिल्पालाई छिट्टै पक्रन्छौं : प्रहरी प्रवक्ता पोखरेल

4KNationalDaily
२०७६ श्रावण ११, शनिबार १७:४७ बजे

काठमाडौं- चर्चित निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न प्रहरीले खोजी कार्यलाई तिव्रता दिएको छ।

बहुविवाहको उजुरी परेपछि निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न प्रहरीले खोजी कार्यलाई तिव्रता दिएको हो।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले आफूहरु ओझा र पोखरेलको खोजीमा जुटिसकेको बताए। उनले भनेका छन्,‘हामी अनुशन्धानको नजिक पुगेका छौं। एक–दुई दिनभित्रै छवि र शिल्पालाई पक्राउ गर्छौं।

कारबाही कसरी अघि बढाउने भन्ने कुरा पक्राउ गरेपछि मात्रै थाहा हुन्छ। छविजीको जेठी श्रीमती हेमाको उजुरीमा पनि अनुशन्धान गर्छौं। बहुविवाह गर्नेलाई छोड्दैनौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily