काठमाडौं- घुससहित पक्राउ परेका भ्रष्टाचारका अभियुक्तले सबैभन्दा धेरै झुटो बोल्ने गरेको पाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसहित पक्राउ गरेकाहरुले नै धेरै झुट बोल्ने गरेको प्रहरी पोलिग्राफ परीक्षणले देखाएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार एक वर्षको अबधिमा प्रहरीले भ्रष्टाचारमा संलग्न ३२ अभियुक्तको पोलिग्राफ परीक्षण गरेको थियो।
जसमध्ये २४ अभियुक्तले झुट बोलेको परीक्षणबाट देखिएको छ। बयान लिएकामध्ये अपराध स्वीकार्ने अभियुक्त एकजना मात्रै फेला परेका छन्। चोरी घटनामा संलग्न अभियुक्तको पोलिग्राफ परीक्षण गर्दा अपराध स्विकार्ने धेरै पाइएको छ।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।
प्रतिक्रिया