काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा सोमबार प्रकाशन गर्ने भएको छ
बोर्डले साँझ ५ बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले बताए ।
नतिजा प्रकाशनका लागि सोमबार बोर्ड बैठक बोलाइएको छ । प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको सुद्धता परीक्षण गरिएको थियाे।
परीक्षणमा गल्ती नभेटिएकाले आज नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो ।
विगतमा विज्ञान र अन्य विषयको परीक्षा अलग-अलग समयमा प्रकाशन गर्ने गरिएको थियो ।
तर, यसपटक सबै विषयको परीक्षाफल एकैपटक प्रकाशित गर्ने तयारी बोर्डले गरेको छ ।
कक्षा १२ को परीक्षा गत वैशाखमा सञ्चालन भएको थियो । यस वर्ष चार लाख ३५ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन्।
प्रतिक्रिया