+
Search

ताजा अपडेट +

पपुलर +

योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, ४ बजे सपथ

4KNationalDaily
२०७६ श्रावण १५, बुधबार १५:०८ बजे

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् ।

उनको सपथ ४ बजे तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा गत फागुन १५ गते मृत्यु भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालिरहेका थिए।

अधिकारीको मृत्यु भएको ठिक ५ महिनापछि उक्त मन्त्रालयले नयाँ मन्त्री पाएको हो। भट्टराई ०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको चुनावमा ताप्लेजुङबाट निर्वाचित भएका थिए।

उनले नेपाली कांग्रेसका उम्मेदवार केशव दाहाललाई पराजित गरेका थिए।

भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरेका थिए भने दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका छन्। ०६४ र ०७० सालको दुवै संविधानसभाको चुनावमा उनी काठमाडौंबाट पराजित भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily