+
Search

ताजा अपडेट +

पपुलर +

पालुङटारमा रहेकाे एनसेल टावरमा अज्ञात समूहले गर्याे आगजनी

4KNationalDaily
२०७६ श्रावण १६, बिहीबार १३:३४ बजे

गाेरखा- पालुङटार नगरपालिका वडा नं ८, दुभारमा रहेको एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेका छन् । बुधबार राति करिब ११ बजे आगजनी भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

टावरमा जोडिएको सोलार प्रविधिका उपकरण, फाईबरका तारहरु जलाएर नष्ट पारिएको वडाअध्यक्ष शंकर कँडेलले जानकारी दिए । घटनास्थलमा बिहानै प्रहरी पुगिसकेको छ ।

यसअघिका एनसेल टावर आगलागी घटनामा विप्लव समुहको संलग्नता रहेकाले यो घटनामा पनि उनीहरुकै संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।

उक्त आगजनीको जिम्मा हालसम्म कसैले पनि लिएको छैन। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily