+
Search

ताजा अपडेट +

पपुलर +

उर्जामन्त्री भन्छन् – म झण्डा हल्लाउन मन्त्री भएको होइन, मलाई परिणाम चाहिन्छ

4KNationalDaily
२०७६ श्रावण १६, बिहीबार १९:४४ बजे

काठमाडौं– उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले आफु झण्डा हल्लाउन मात्र मन्त्री नभएको भन्दै काम नगरे कसैलाई पनि जिम्मेवारीमा नराख्ने चेतावनी दिएका छन् ।

तेस्रो चौमासिक एवम् वार्षिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बिहिबार बोल्दै मन्त्री पुनले परिणाम आउने गरी काम नगरे कसैसँग पनि सम्झौता नगर्ने चेतावनी दिएका हुन् ।

‘काम नगर्ने हो भने पद ओगटेर मात्र वस्न कसैलाई पनि छुट छैन्, आयोजना प्रमुख दुई वर्ष बस्नुपर्छ भन्ने हुँदैन, सचिव र मन्त्री पनि पदमा टिक्नैपर्छ भन्ने छैन् ।’ मन्त्री पुनले कडा शव्दमा भने ।

सरकारले कार्यसम्पादन सम्झौताको सुरुवात गरेर नयाँ कार्यशैली अपनाएको बताएका छन् । उनले जनताको अपेक्षालाई पुरा गर्न आफु पनि अहोरात्र खट्ने भन्दै मातहतका निकायलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिए ।

उनले प्रधानमन्त्री र सरकारको प्राथमिकता भनेको जनताको प्राथमिकता भएको भन्दै सरकारले अघि सारेको योजनालाई मन भित्रैबाट पुरा गर्न मातहतका निकायलाई निर्देशन दिए ।

‘अब प्रक्रिया मात्र भनेर हुँदैन्, तपाईहरुले तालिका बनाएर नै काम गर्नुपर्यो । सरकारले अघि सारेको कामलाई सफल पार्नु हामि सबैको दायित्व हो’ मन्त्री पुनले भने ।

नेकपाका नेता समेत रहेका मन्त्री पुनले अब काम नगर्ने कर्मचारीसँग आफुले कुनै पनि हालतमा सम्झौता नगर्ने प्रस्ट पारेका छन् । उनले हरेक महिना मन्त्रालयमा समिक्षा बैठक राखेर कामको प्रगति विवरण लिने घोषणा समेत गरे ।

‘चिनेका साथीभाई हुन् काम गरिहाल्छन् नी भनेर मैले भन्ने अवस्था छैन्, मलाई परिणाम चाहिएको छ । परिणाम नदिने हो भने मैले विकल्प खोज्नुपर्ने हुन्छ ।’ मन्त्री पुनले भने ।

मन्त्री पुनले अधिकृतभन्दा माथिका कर्मचारीलाई सचिव, मन्त्री वा विभागीय प्रमुखले मन पराए पनि नपराए पनि काम परिभाषित गरेर जिम्मेवारी दिन मातहतका उच्च अधिकारीलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily