पाेखरा- गोरखाका बाढीपहिरो प्रभावितलाई राहतको ब्यबस्था गर्न सांसद प्रकाशचन्द्र दवाडीले प्रदेश सरकारसँग माग गरेका छन् ।
आइतबार गण्डकी प्रदेश सभामा विशेष समय लिएर बोल्दै दवाडीले बाढीपहिरो प्रभावितलाई उचित राहतको ब्यबस्था गर्न माग गरेका हुन् ।
गोरखाको भूसुण्डे खोला र दरौँदी नदीको बाढीले भुसुण्डे फाँटका धानखेतीमा नोक्सान पु¥र्याएकाले क्षतिको विवरण संकलन गरी किसानलाई राहत दिन उनले आग्रह गरे ।
पालुङटार नगरपालिकाको वडा नम्बर ३ र १० मा१५ घरधुरी दलित बस्ती पहिरोले उच्च जोखिममा रहेको भन्दै उनिहरुलाई सुरक्षीत रुपमा बसोबासको ब्यबस्था मिलाउन सांसद दवाडीले सरकारको ध्यानाकर्षण गराए ।
सांसद दवाडीले गोरखा नगरपालिकाको वडा नम्बर ११, ४ र ६ मा भूकम्प पिडितले बनाएको घर पहिरोको उच्च जोखिममा रहेको पनि जानकारी गराए ।
लगातारको बर्षाले बारपाक सुलिकोट गाउँपालिका वडानं ६ ताकुका एक नारायण ढकालको घरमा भ्वाङ परेको जानकारी दिदै उनले उनको परिवारलाई संरक्षण गर्न माग गरे ।
एक नारायणको मृत्यु भैसकेकाले उनकी श्रीमतीको विचल्ली भएको उनले जानकारी दिए।
सोही ठाउँका रामेश्वर भट्ट, पुरुषोत्तम भट्ट लगायतको १५ घरमा पनि पहिरोको जोखिम बढेकोले ती परीवारलाई तत्कालै सुरक्षीत ठाउँमा स्थानान्तरण गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया