+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा प्लास्टिकको चामल : सोनाशक्ति चामल नुमना परिक्षण नआउदासम्म बिक्रि गर्न रोक

4KNationalDaily
२०७६ श्रावण २०, सोमबार २०:४४ बजे

गोरखा- गोरखा नगरपालिका–७ नयाँबजार स्थित जनमुखी उपभोक्ता सहकारी संस्थाले बिक्रि गर्दै आएको सोनाशक्ति चामल प्लास्टिकको चामल भएको आशंकामा बिक्रिका लागि रोक लगाएको छ ।

जिल्ला प्रसासन कार्यालय गोरखाले आज गरेको अनुगमनको क्रममा रिपुराज एग्रो प्रा.लि भारतले उत्पादन गरेको उक्त चामलमा शंकास्पद अखाद्य पर्दाथ हुनसक्ने आंशकामा बिक्रि गर्न रोक लगाएको हो ।

गोरखा नगरपालिका–७ स्थित गोरखा भिल्ला होटलले सहकारीबाट खरिद गरेर लगेको चामल पकाउदा सामान्य चामल भन्दा फरक देखिएपछि होटल सञ्चालकले चामल फिर्ता गर्न जाँदा प्लास्टिकको चामल भएको हल्ला चलेपछि प्रसासनको चामलको अनुगमन गर्न सहकारीमा पुगेको थियो ।

अनुगमनका क्रममा चामल हेर्दा उस्तै देखिएपनि स्वाद फरक भएको पाइएपछि बिक्रिका लागि रोक लगाइएको हो ।

होटल सञ्चालक कृष्ण श्रेष्ठले भने, ‘होटलमा खाना खाने मान्छे नभएकाले आज थोरै पकाएका थियौ, अन्य दिनभन्दा भात फरक जस्तो लाग्यो, प्लास्टिकको चामल बजारमा आएको भन्ने समाचार सुनेकाले शंका लागेर डल्ला बनाएर उफार्दा भकुण्डे जस्तै उफ्रिएपछि प्रसासनलाई खबर गरेका हौं ।’

उक्त चामलको खाना खाएपनि छिटो छिटो भोक लाग्ने गरेको श्रेष्ठले सुनाए । उक्त चामलको भातको सिता समेत नजोडिने, माड्दा रबर जस्तो च्यापच्याप समेत लाग्ने गरेको उनले बताए ।

जिल्ला प्रसासन कार्यालयले गोरखाले शंकास्पद चामल परिक्षण भएर नआउदासम्मका लागि बिक्रि बितरण गर्न सहकारी संस्थालाई निर्देशन समेत दिएको प्रमुख प्रसासकिय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।

यता सहकारीले संस्थाले पहिलो पटक ६/७ बोरा रिपुराज एग्रो प्रा.लिले उत्पादन गरेको चामल बिक्रिका लागि ल्याएको जनाएको छ । २० किलोको बोराको उक्त चामल प्रतिबोरा १७ सय रुपैयामा बिक्रि गरिएको सहकारीले जनाएको छ ।

सहकारीले पहिलो पल्ट गोरखामा रिपुराज एग्रो प्रा.लि भारतबाट उत्पादित चामल बिक्रिका लागि ल्याएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily