काठमाडाैं- भीमसेन थापा गाउँ कार्यपालिकाको कार्यालय खान्चोकमा कायम भएको छ ।
गत बिहिबार बसेको मन्त्री परिषदको बैठकले अहिले कार्यालय सञ्चालन भइरहेको खाञ्चोकमा कायम गर्ने निर्णय गरेको हो ।
अहिले गाउँ कार्यपालिकाको कार्यालय चामुण्डा प्राबिको भवन रहेको ठाउँबाट सञ्चालन भइरहेको छ । चामुण्डा प्राबि भने केही पर व्यक्तिको घर भाडामा लिएर सञ्चालनमा छ । भाडाको बन्दोबस्त गाउँ कार्यपालिकाले गरेको गाउँपालिका प्रमुख इश्वर पाण्डेले जानकारी दिए ।
गाउँपालिकाको केन्द्रको बिषयमा लामो समयदेखि विवाद थियो । गाउँपालिका प्रमुख पाण्डे सहितको जनप्रतिनिधिको समूहले घ्याम्पेशालमा राख्ने पहल गरिरहेको थिए भने नेकपा निकटका जनप्रतिनिधि समूहले बगुवामा राख्ने पहल गरिरहेको थिए ।
लामो समयको विवादपछि घ्याम्पेशाल र बगुवाको मध्यभागमा पर्ने चामुण्डा प्राबिको भवनबाट कार्यालय सञ्चालन गर्ने समझदारी भएको थियो । सोही ठाउँमा कार्यालय राख्ने बारे अहिले मन्त्री परिषदले निर्णय गरेको हो ।
प्रतिक्रिया