गाेरखा- एक सय ७० भूकम्प पीडित लाभग्राहीले सरकारको अनुदान रकम फिर्ता गरेका छन् ।
राष्टिूय पुनर्निर्माण प्राधिकरणसँग भूकम्पले भत्किएको घर बनाउनका लागि सम्झौता गरेका उनीहरुले तीन लाख रुपैयाँ अनुदान रकम फिर्ता गरेका जिल्ला आयोजना कार्यान्वन इकाई (अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार, जिमाली)ले जनाएको छ ।
प्राधिकरणको भूकम्प पीडितको लाभग्राही सूचीमा सूचीकृत भएका उनीहरुले प्राधिकरणसँग सम्झौता गरेका ६५ हजार तीन सय १७ लाभग्राहीमध्ये एक सय ७० जनाले अनुदान फिर्ता गरेका जिमालीका प्रमुख रामशरण आचार्यले जानकारी दिए ।
‘प्राधिकरणले सम्झौता गरेकाहरुलाई समयसिमा नै तोकेर घर बनाउन ताकेता ग¥यो’ उनले भने ‘कतिपयले तीन लाख रुपैयाँले घर बनाउन सकिदैन भनेर फिर्ता गरे । कतिले अन्य ठाउँमा पनि घर रहेकाले नबनाउने भनेर अनुदान फिर्ता गर्ने निवेदन दिए ।’
जिमालीको तथ्यांक अनुसार २१ जनाले स्वेच्छाले रकम फिर्ता गरेका छन् । पहिलो किस्ता लिएका उनिहरुले १५ लाख ५० हजार रुपैयाँ प्राधिकरणलाई फिर्ता दिएकाे खबर दराैँदी दैनिकमा अनुपमा खनालले लेखेकि छिन् ।
दोहोरो भुक्तानी लिएका एक सय ३९ ले पनि अनुदान रकम फिर्ता गरेका छन् । यि मध्ये एक जनाले मात्रै दोस्रो किस्ता बुझेका थिए ।
उनिहरुबाट एकमुष्ट ७१ लाख रुपैयाँ फिर्ता भएको जिमाली प्रमुख आचार्यले बताए । बैंक सन्डूी लगायतबाट १० जनाले पहिलो किस्ता र एक जनाले तेस्रो किस्ता गरि छ लाख रुपैयाँ फिर्ता गरेका कार्यालयले जनाएको छ ।
हालसम्म ९२ लाख ५० हजार रुपैयाँ फिर्ता भइसकेको आचार्य भनाई छ । ४० जनाले दोहोरो भुक्तानी लिएको पाएकाले उनिहरुलाई पनि दोहोरो सुविधा फिर्ता गर्न पत्राचार गरेको उनले बताए ।
‘३९ जनाले पहिलो किस्ता र एक जनाले दोस्रो किस्ता दोहोरो भुक्तानी लिएको भेट्यौ’ उनले भने ‘उनिहरुबाट २१ लाख रुपैयाँ फिर्ता हुन्छ । अहिले प्रक्रिया चलिरहेको छ ।’
लाभग्राही सूचिमा नाम भएका तर वास्तविक भूकम्प पीडित नरहेका करीब तिन सय घरधुरीलाई लाभग्राही सूचिबाट हटाउने प्रक्रिया सुरु भएको जिमालिले जनाएको छ ।
स्थानीय तहबाट सिफारिस भएर आएका त्यस घरलाई लाभग्राही सूचिबाट हटाउन राष्टिूय पुनर्निर्माण प्राधिकरणमा पत्राचार गरेको जिमालि प्रमुख आचार्यले बताए ।
दोहोरो नाम समावेश भएका, बसाईसराई गरेका, एकजना मात्रै लाभग्राही भएपनि मृत्यु भएकाहरुलाई अनुदान पाउनेको सूचीबाट हटाउन लागिएको उनको भनाई छ ।
हालसम्म पहिचान भएका लाभग्राहीको संख्या ७१ हजार एक सय ६२ पुगेको छ । गुनासो सम्बोधनको क्रम जारी रहेकाले लाभग्राहीको संख्या अझै बढ्न सक्ने कार्यालयले जनाएको छ ।
लाभग्राही सूचीमा परेकामध्ये ६५ हजार आठ सय नौ घर पुननिर्माण र पाचँ हजार तिन सय ५३ घर प्रबलीकरण गर्नुपर्नेछ । जिल्लामा घर निर्माण पूरा गरि अन्तिम किस्ता लिनेको संख्या भने ५३ हजार ८७ छ ।
प्रतिक्रिया