+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्य कर्मचारीको बेथिति : फर्जी रिपोर्ट देखाएर संघमै समायोजन

4KNationalDaily
२०७६ श्रावण २३, बिहीबार ०६:४३ बजे

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फर्जी रिपोर्ट बनाएर स्वास्थ्यका कर्मचारीहरू संघमा समायोजन भएको भन्दै चासो देखाएको छ।

फर्जी रिपोर्ट बनाएर केही कर्मचारी संघमै समायोजन र पदस्थापन भएको भन्दै उजुरी परेपछि अख्तियारले चासो देखाएको हो।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले उजुरीमाथि छानबिन भइरहेको र दोषी ठहरिए कारबाहीको दायरामा ल्याइने बताए।

‘फर्जी रिपोर्ट बनाएर केही कर्मचारी संघमै समायोजन र पदस्थापन भएको भन्दै उजुरी परेको छ, अनुसन्धानमा दोषी ठहरिए कारबाहीको दायरामा ल्याउने छौं,’ प्रवक्ता कोइरालाले भने।

फर्जी रिपोर्टका आधारमा संघमै समायोजन र पदस्थापन हुनेहरूमा वीर अस्पतालमा कार्यरत कर्मचारीहरू अरुण महतो, टीकाराम पनेरु, जीवन श्रेष्ठ, युवराज सुवेदीलगायत छन्। यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

यस्तै, वीर अस्पतालमा कार्यरत डिल्ली खनाल, डिल्ली आचार्य, सविता जोशी, युवराज सुवेदीले पनि रोगी भएको भन्दै रिपोर्ट पेस गरेको पाइएको छ।

यी सबै अहेबका रूपमा कार्यरत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले नियुक्त हुँदा निरोगिताको प्रमाणपत्र पेस गरेर फेरि बोर्डमार्फत नै रोगीको प्रमाणपत्र पेस गर्नु अनुसन्धानको विषय भएको बताए।

‘एक वर्ष अगाडि नियुक्त हुँदा निरोगिताको प्रमाणपत्र पेस गर्ने र त्यही व्यक्तिले अहिले आएर बोर्डको सिफारिसमा रोगी भएको प्रमाणपत्र पेस गर्ने, यस्तो पनि हुन्छ र रु यो विषयमा छानबिन जरुरी छ।’

स्वास्थ्य मन्त्रालयले समायोजनको सूचना प्रकाशित गरेसँगै कर्मचारीले आफ्नो नजिक रहेका चिकित्सकको रिपोर्टका आधारमा मेडिकल बोर्डको सिफारिसमा त्यस्तो काम गरेको पाइएको छ।

स्रोतका अनुसार स्वास्थ्यअन्तर्गत समायोजनमा समस्या आएपछि स्वास्थ्य मन्त्रालयले गुनासो गर्ने समय दिएको थियो । यसपछि वीर अस्पतालका केही स्वास्थ्यकर्मीले फर्जी रिपोर्ट बनाएर पेस गरेका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत समायोजनको सूची सार्वजनिक भएपछि वीरका अधिकांश कर्मचारीले बिरामी भएको भन्दै मेडिकल बोर्डमार्फत स्वास्थ्य मन्त्रालयमा विवरण पेस गरेका थिए। मेडिकल बोर्डले दिएको सिफारिसबारे पनि छानबिन भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily