+
Search

ताजा अपडेट +

पपुलर +

परिवर्तन बिरोधी शक्तिहरु सरकार र नेकपा बिरुद्ध चलखेल गर्दैछन् : सांसद खड्का

4KNationalDaily
२०७६ श्रावण २५, शनिबार २०:०७ बजे

गोरखा- नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभाका समानुपातिक सांसद चुडामणी खड्का (प्रकाश) ले धार्मिक र सांस्कृतिक पर्यटन मार्फत गोरखालाई आर्थिक सम्बृद्धि दिशा तर्फ केन्द्ति गरिने बताएका छन् ।

लियो क्लब अफ गोरखाले जिल्ला भित्रका अनाथ बालबालिकाहरुको सहयोगार्थ गोरखा सदरमुकाममा आयोजना गरेको रमाइलो गाइजात्रा मेला २०७६ को उद्घाटन कार्यक्रममा बोल्दै सांसद खड्काले यस्तो बताएका हुन्

उनले जिल्लाको बिकासका लागि लागि ऐतिहासिक क्षेत्रको प्रचारप्रसार अपरीहार्य रहेको भन्दै सांस्कृतिक पर्यटन मार्फत जिल्लाको बिकासले फड्को मार्ने बताए ।

अहिले केन्द्रिकृत सामन्ती व्यवस्थाको अन्त्य गरी संघिय राज्य व्यवस्थाको अभ्यास नेपाली जनताले गरिरहेको चर्चा गर्दै उनले नेपाली जनतालाई राज्यले प्रदान गर्ने सेवा सुबिधाबाट नजिक बनाएको बताए ।

भने ‘अहिले घरघरमा सिंहदरबारको अभ्यास गरिरहेका छौ, यो अभ्यासका क्रममा केहि सिमा र कमजोरी हुन गएका छन् तिनलाई बिस्तारै बर्तमान सरकारले समाधान गर्न लागि परेको छ ।’

सांसद खड्काले सुखी र सम्बृद्धि नेपालीको नारा पुरा भएमात्र सम्बृद्ध नेपालको सपना पुरा हुने भन्दै त्यसका लागि सवै इमान्दार भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले सघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भईसकेपछि परिवर्तनकारी शक्तिहरुमाथी र परिवर्तन माथी चलखेल हुन थालेको भन्दै सवै सचेत हुनुपर्ने बेला आएको बताए ।

शान्ति प्रक्रियामा भुक्याईयो भन्नेहरु अहिले अन्तराष्ट्रिय शक्ति केन्द्र योजनामा लोकतान्त्रिक गणतन्त्रका बिरुद्ध बिभिन्न हर्कत गर्न खोजेको अाराेप लगाए ।

‘शान्ति प्रक्रिया माथी र कम्युनिष्ट पार्टी माथी राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति मिलेर आक्रमण गरिरहेका छन्, उनले भने, अब सवै मिलेर नयाँ समाजबादी यात्रामा अघि बढ्नुको बिकल्प छैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily