+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओली फर्किने समय तालिका फेरि सर्‍याे, सोमबार मात्रै स्वदेश

4KNationalDaily
२०७६ श्रावण २६, आईतवार ११:५७ बजे

काठमाडौं- स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भोलि (सोमबार) मात्रै स्वदेश फर्किने भएका छन्।

योसमेत गरेर प्रधानमन्त्री ओली स्वदेश फर्किने कार्यक्रम दुईपटक स्थगित भएको हाे। यसअघि गत शुक्रबार नै स्वदेश फर्किने कार्यतालिका बनाइएकामा उपचार नसकिएका कारण आइतबार आउने भनिएको थियो।

तर स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी रहेकाले प्रधानमन्त्री ओली आइतबार पनि स्वदेश नफर्किने भएका हुन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार अस्पतालले आइतबार साँझसम्ममा रिपोर्ट आउने जानकारी दिएको छ।

यसकारण प्रधानमन्त्री ओली थाइ एयरबाट सोमबार दिउँसाे साढे १२ बजे नेपाल आइपुग्ने कार्यतालिका रहेकाे सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्री ओलीकाे स्वास्थ्य परीक्षण सिंगापुरस्थित नेसनल युनिभर्सिटीमा भएकाे हाे। उनी यही साउन १८ गते सिंगापुर प्रस्थान गरेका थिए।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily