+
Search

ताजा अपडेट +

पपुलर +

चीनको अर्काे निशानामा अमेरिकी तेल, ऊर्जा विश्लेषकहरूले दिए यस्तो चेतावनी

4KNationalDaily
२०७६ श्रावण २७, सोमबार ०७:१८ बजे

काठमाडौं- आगामी साताहरूमा चीनले अमेरिकी कच्चा तेलको आयातलाई नाटकीय रूपमा घटाउन सक्ने चेतावनी ऊर्जा विश्लेषकहरूले दिएका छन्।

विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धको ज्वाला थप उचालिएपछिको समयमा उनीहरूको यस्तो चेतावनी सार्वजनिक भएको हो।

अमेरिका–चीनबीचको जस्तालाई तस्तै शुल्क विवादले तेलको मूल्य पहिले नै ओरालो लागिसकेको छ।

ट्रम्प प्रशासनले चीनविरुद्ध सेप्टेम्बर १ बाट नयाँ शुल्क लगाउने चेतावनी दिएको छ। त्यसयता अमेरिकाले चीनलाई मुद्रा तोडमोडको आरोप लगाएको छ।

एक दशकभन्दा बढीको अवधिमा डलरसँगको विनिमयमा युआन न्यून बिन्दुमा ओलिएको थियो। बेइजिङबाट लेखिएको यो खबर एजेन्सीलाई उद्धृत गर्दै आजको कारोबार दैनिकले छापेको छ।

यसको प्रतिक्रियास्वरूप चीनले अमेरिकी तेल आयातलाई निशाना बनाउन सक्ने अनुमान ऊर्जा विश्लेषकहरूले गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily