काठमाडौं- उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्।
साउन १८ गते सिंगापुरतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली ९ दिनको सिंगापुर बसाइपछि सोमबार अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्।
उनी शुक्रबार नै फर्किने कार्यक्रम थियो। तर, आइतबारलाई सरेको कार्यक्रम पुन सोमबारसम्म लम्बिएको थियो।
ओलीको सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरिएको थियो।
उनलाई विमानस्थलमा स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, बामदेव गौतमलगायत पुगेका थिए।
प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाहलगायत सहभागी थिए।
प्रतिक्रिया