गाेरखा- गण्डकी प्रदेश सरकारले गोरखामा पुल निर्माणका लागि २० करोड भन्दा बढि रकम विनियोजन गरेको छ । प्रदेश सरकारले पूर्वाधार विकास मन्त्रालय अन्तरगत मोटरेबल तथा झोलुङ्गे पुल निर्माणका लागि सो रकम विनियोजन गरेको हो ।
जिल्लामा पुल निर्माणका लागि ११ लाखदेखि साढे चार करोड रुपैयाँसम्मका योजना परेका छन् ।
यातायात पूर्वाधार निर्देशनालय मार्फत पालुङटार नगरपालिका र भानु नगरपालिका जोड्नका लागि चाम्बासमा मस्र्याङदी नदीमाथि चार करोड ४० लाख रुपैयाँको लागतमा पुल बनाइने भएको छ ।
यस्तै, राष्टिूय ग्रामीण यातायात सुदृढिकरण कार्यक्रम अन्तरगत लुदिखोला पुलका लागि दुई करोड १३ लाख ८१ हजार रुपैयाँ विनियोजन भएको खबर दराैदी दैनिकमा छ ।
पाँचवटा झोलुङ्गे पुल एक/एक करोड रुपैयाँको लागतमा बन्ने भएका छन् । देउराली थुमी भिमोट सोतीखोला झोलुङ्गे पुल, जुग्देखोला राइनास बुटार जोडने शहीद लखन सडक पुल, डनडुरे खोला, आर्खेत खोला र नौली खोला लापु सडक पुलका लागि एक÷एक करोड रुपैयाँ छुट्याइएको हो ।
पूर्वाधार विकास मन्त्रालयले पाँच वटा पुलका लागि ७५/७५ लाख रुपैयाँ विनियोजन गरेको छ । जरेवरमा दरौदी नदी पुल, नयाँ साघु पुल, रिचेत खोला सडक पुल, सिरानचोक र राइनास जोडने चेपे पुल र जराङ खोला सडक पुलका लागि प्रदेश सरकारले ७५/७५ लाख रुपैयाँ छुट्याइएको हो ।
स्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुँच सुधार परियोजना अन्तरगत सातवटा पुल बन्ने भएका छन् । प्रत्येक पुलका लागि पूर्वाधार विकास मन्त्रालयले ५३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
यस परियोजना अन्तरगत छोप्राक र खोप्लाङको घट्टे चिसापानी सडकमा भुसुन्डेखोला पुल, मुच्चोक चनौटे ताकुमाझ लाकुरीबोट सडकमा दरौदी पुल, गोरखा नगरपालिका ११ र साविक मिरकोट ५ जोड्ने पुल बन्नेछन् ।
यस्तै, वयरघारी धपुक सिमलभन्ज्याङ सडकमा बडहरे पुल, गाईखुर जैसिथोक ठाँटीपोखरी सडकमा लकाङखोला पुल, खोप्लाङ सेरा पालुङटार सडकमा खारखोला पुल र बारपाक लाप्राक सडकमा मग्लुङ खोला पुलका लागि पनि ५३÷५३ लाख रुपैयाँ छुट्टाईएको हो ।
मन्त्रालयले चेपेखोला बालुवाफाँट सिरानचोक झोलुङ्गेपुलका लागि ५० लाख रुपैयाँ विनियोजन गरेकोे छ । मन्त्रालय अन्तरगत गोरखामा १० वटा झोलुङ्गेपुलका लागि ११÷११ लाख रुपैयाँ छुट्टाईएको छ ।
जसअन्तरगत दुम्चे लोङका रेंजम झोलुङ्गे पुल, कालेस्यागे खोला झोलुङ्गे पुल, गुम्दा खोला झोलुङ्गे पुल, बिही सेराङ खोला झोलुङ्गे पुल छन् ।
यस्तै, उहिया र दुङला जोडने झोलुङ्गे पुल, नौलीखोला झोलुङ्गे पुल, दरौंदीखोला झोलुङ्गे पुल, स्वत झोलुङ्गे पुल, पानपा ७ र भानु २ जोडने मस्र्याङदी झोलुङ्गे पुल र सानो फिस्लिङ ठुलो फिस्लीङ जोड्ने झोलुङ्गे पुलका लागि ११÷११ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रतिक्रिया