+
Search

ताजा अपडेट +

पपुलर +

लियो क्लब अफ गोर्खाको माध्यमिक बिद्यालय स्तरिय हस्तलिखित प्रतियोगिता सम्पन्न

4KNationalDaily
२०७५ पुष १४, शनिबार २१:१५ बजे

गाेरखा-  गाेरखा गरपालिका भित्रको सबै माध्यमिक बिद्यालयमा अध्ययनरत ६ देखि १० कक्षासम्मका विद्यार्थीहरूलार्इ लियाे क्लव अफ गाेरखाले हस्तिलिखित प्रतियाेगिता अायाेजना गरेकाे छ । क्लवकाे बार्षिक कार्ययाेजना अन्तर्गत नगरपालिका भित्रका बिद्यालय स्तरीय हस्तलिखित प्रतियोगिता अायाेजना गरिएकाे हाे ।

महालक्ष्मी माध्यमिक बिद्यालय, ताप्ले र सरस्वती माध्यमिक बिद्यालय, फिनाममा अायाेजिक कार्यक्रममा छात्रा सुस्मिता थापा मगर प्रथम भएकि छिन् । दिर्तिय छात्रा समुन्द्र खत्री तिर्तिय छात्रा सुजना नेपाली र निक्कै सुन्दर लेखन मार्फत स्कुलको पुर्व (२०६० एसएलसी) छात्रा सानू माया थापा मगर  उत्कृट रहे ।

गाेरखा नगरपालिका भित्र रहेकाे माध्यमिक बिद्यालयबाट ३/३ उत्कृटलार्य फाइनलमा प्रवेश गराइने अायाेजकले जनाएकाे छ। अायाेजका अनुसार हरेक बिद्यालयबाट अाएका ३/३ जनालार्इ केहि दिनमा नै बिशेष कार्यक्रम अायाेजना गरी फाइनल गराउने क्लवकाे याेजना रहेकाे जनाएकाे छ।

कार्यक्रममा क्लवका अध्यक्ष यम बसेल, इमानजङ्ग बानियाँ, बिदुर विप्लव भट्टरार्इ, सुमिना थापा मगर, अनुका आले मगर, स्मिता थापा लगायतकाे उपस्थिति रहेकाे क्लबले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily