+
Search

ताजा अपडेट +

पपुलर +

आज पश्चिमी र पूर्वी भागमा भारी वर्षाको सम्भावना

4KNationalDaily
२०७६ भाद्र ४, बुधबार ०७:५० बजे

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार पश्चिम तथा पूर्वी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल देशका अधिकांश भागमा वदली रहेको तथा पूर्वी पहाडी भू-भागसहित मध्य–पश्चिमी पहाड र तराईमा पूर्ण वदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको मौसमविद्ले जनाएका छन् ।

बुधबार दिउँसो देशका अधिकांश स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ । पूर्वी र पश्चिमी पहाडी भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार राति देशका धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने तथा पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार दिउँसो धेरैजसो स्थानमा वदली रही वर्षाको सम्भावना छ भने पूर्वी तथा पश्चिमी पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबार राति धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र मध्य पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily