गोरखा– ऐतिहासिक महत्व राख्ने लिगलिगकोट–सिरानचोककोट–गोरखा दरर्बार म्याराथुन दौड हुने भएको छ ।
नेपाली सेना, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिको संयुत्त आयोजनामा भाद्र २५ गते दौड प्रतियोगिता हुने आयोजक संस्थाहरुले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
३८ किलो मिटर लामो दुरी रहेको उत्त दौड पालुङटार नगरपालिकाको लिगलिगकोट हुदै सिरानचोक गाउँपालिकाको चित्रेपोखरी पुगेर गोरखा नगरपालिकाको छेवेटार हुदै पश्लाङ चौतारो देखी गोरखा दरर्बार आएर टुंगिने रणसिंह दल गणका गणपति प्रमुख सेनानी उज्वल केसीले जानकारी दिए ।
खुल्ला दौडका लागि नेपाली सेना सेनाको रणसिंह दल गण, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिको कार्यालयमा सम्र्पक राखी दौडमा सहभागी हुन सक्ने आयोजकहरुले जनाएको छ ।
दौडमा पहिलो देखी १० औं स्थान सम्मका सहभागीहरुलाई नगद र मेडलको ब्यवस्था गरिएको छ । पहिलो हुने ले १ लाख ५० हजार नगद पुरस्कार पाउने छ भने द्वितिय र तृतिय हुनेले क्रमश १ लाख र ७५ हजार नगद पुरस्कार पाउने छन ।
त्यस्तै गरी चौथो, पाँचौ, छैठौ, सातौ, आठौ, नवौ र दशौ हुनेलाई क्रमश.५० हजार, ३५ हजार, ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद सहित मेडल प्रदान गरीने छ । दौड सन २०२० नेपाल भ्रमण बर्षको लाई प्रचार प्रसार हुने गरी आयोजना गरीएको हो ।
प्रतिक्रिया