गोरखा– संघिय समाजबादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सहमती अनुसार संविधान संशोधन नभए सरकार बसीरहनुको औचित्य नरहने बताए ।
डा.बावुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजबादी फोरम नेपाल बिच भएको एकिकरण पछि गोरखामा पहिलो पटक जिल्ला समिति समायोजन घोषणा कार्यक्रममा आएका यादवले त्यस्तो कुरा बताएका हुन ।
यादवले हामी जुन शर्त र सम्झौतामा सरकारमा गएका छौ, त्यो सम्झौता अनुसार कार्यान्वयन भएन भने हाम्रो त्यो सरकारमा औचित्य केही नरहने भन्दै अहिले सम्म पनि कम्न्युष्ट सरकारले संविधान संशोधन तर्फ कुनै कदम नचालेको बताए ।
समिति समायोजन घोषणा कार्यक्रम लगत्तै पत्रकारहरुको जिज्ञासामा उप प्रधान मन्त्रि तथा संघिय समाजबादी पार्टीका अध्यक्ष यादवले संविधान संशोधनकै लागि सहज होस भनेर हामीले दुई तिहाई सरकार गठनका लागि सहभागी भएका हौ । सरकारले राम्रो काम गर्दा समर्थन गछौ र सरकारले काम विर्गादा हामी बिरोध पनि गर्ने गरेको बताए ।
कार्यक्रममा सहभागी हनु आएका संघिय समाजबादी पार्टी नेपालका केन्द्रिय परिषद अध्यक्ष एवं पुव प्रधानमन्त्रि डा.बावुराम भट्टराईले हालका मन्त्रिहरुले सम्पती विवरण बुझाउदा नितान्तै कम देखाएको तर आम्दानीको कुनै श्रोत नै नभएका मन्त्रिहरुले उपचार भने विदेशमा गराउने गरेको भन्दै यस्ता कुरामा पत्रकारहरुले कलम चलाएर सरकारलाई झकझकाउन अनुरोध गरे ।
दुवै अध्यक्षले आजै भग्नावशेषमा परिणात भएको गोरखा दरर्बारको समेत अबलोकन गरेका थिए । दुवैल अब सदनमा गोरखा दरर्बार निर्माण सम्वन्धी कुरा चलाउने बताए ।
प्रतिक्रिया