गोरखा– गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वीसुब्बा गुरुङ्गले कालिगण्डकीको बिषयमा प्रदेश सरकाले पछी हटेको नभई नरम भएको बताए ।
नेकपा जिल्ला कमिटी गोरखाको बैठकका लागि गोरखा सदरमुकाम आएका मुख्य मन्त्रि गुरुङ्गले पत्रकारहरु संग विगतमा कालीगण्डकीको बिषयमा विगतमा आफुले लिएको अडान कायमै रहेको बताउदै केबल नरम भएको मात्र बताए ।
संघिय सरकारले कालिगण्डकीमा बाधबाधेर जलबिद्युत निकाल्ने र नदीको वहावलाई परिवर्तन गर्ने भन्ने बिषयमा गण्डकी प्रदेश सरकार कहिल्यै सहमत नहुने कुरा दोहरयाउदै संघिय सरकारलाई विवादीत नदीमा ध्यान नदिन समेत आग्रह गरे ।
प्रेस संठन नेपालको आयोनजामा सरदमुकाममा भएको पत्रकार सम्मेलनमा बोल्दै मुख्य मन्त्रि गुरुङ्गले संघिय सरकारको चाहना अनुसार काम गर्न दिईने हो भने देशकै पवित्र भुमी देवघाट संकटमा पर्ने र कालीगण्डकीको सेरोफेरोका जमिन केही बर्षमा नै मरभूमिमा परिणत हुने भएकोले कुनै पनि हालतमा आफु र गण्डकी प्रदेश सरकार संघिय सरकारको निर्णय मान्न तयार नरहेको बताए ।
मुख्य मन्त्रि गुरुङ्गले गण्डकी प्रदेश सरकार बगि रहेको पानीको अधिकतम सदुपयोग हुनुपर्छ भन्ने मान्यता राख्छ तर आफ्नो जमिन मरभूमी बनाएर अरुलाई सिंचाई गर्न दिइन नसकिने स्पष्ट पारे । वहाँले संघिय सरकारलाई कालीगण्डकी डाईभसनको बिकल्प खोज्न समेत अनुरोध गरे ।
प्रतिक्रिया