काठमाडौं- सरकारले विशिष्ट व्यक्ति (भीआईपी) र अति विशिष्ट व्यक्ति (भीभीआईपी) तोकेको छ । सरकारले हालै तोकेको मर्यादाक्रमअनुसार राष्ट्रपतिसहित ९ जनालाई भीभीआईपीमा राखिएको छ ।
अति विशिष्ट व्यक्ति (भीभीआईपी) तोकिएका अन्यमा क्रमसः उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीस, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, पूर्वराष्ट्रपति, उपराष्ट्रपति र पूर्वप्रधानमन्त्री रहेका छन् ।
यसैगरि विशिष्ट व्यक्ति (भीआईपी)मा उपप्रधानमन्त्रीसहित १५ जनाको मर्यादाक्रम तोकिएको छ । राष्ट्रिय झन्डाको प्रयोगसम्बन्धी कार्यविधिमा संशोधन गरेर सरकारले भीआईपी र भीभीआईपी तोकेको हो ।
भीआईपी तोकिएकाहरू
उपप्रधानमन्त्री
प्रदेश प्रमुख
नेपाल सरकारको मन्त्री (संघीय मन्त्री)
प्रदेश सरकारको मुख्यमन्त्री
प्रतिनिधि सभाको उपसभामुख
राष्ट्रिय सभाको उपाध्यक्ष
संवैधानिक निकायका प्रमुख
प्रदेश सभाका सभामुख
प्रदेश सरकारको मन्त्री
प्रदेश सरकारका उपसभामुख
प्रदेश सरकारको राज्यमन्त्री
नेपाल सरकारको मुख्य सचिव
प्रधानसेनापति
प्रदेश सरकारका सहायक मन्त्री
संवैधानिक निकायका सदस्य तथा आयुक्तहरू
प्रतिक्रिया