+
Search

ताजा अपडेट +

पपुलर +

घिमिरेको हत्यारा पत्ता लगाई कारवाही गर्न माग गोरखामा प्रर्दशन

4KNationalDaily
२०७६ भाद्र ६, शुक्रबार ०७:४५ बजे

गोरखा- गोरखा नगरपालिका १० स्थित मनकामना बहिरा आवासयि बिधालयका कर्मचारी श्यामहरी घिमिरे मृत्यु प्रकारणलाई लिएर पिडित पक्षले आज एघारौ दिन पनि आन्दोलन ¥याली सहितको कोणसभा गरेका छन् ।

कालगतीले नभई घिमिरेको हत्या भएको भन्दै आफन्त र छिमिकीहरुले एक साता लामो समय सम्म घिमिरेको लाश बुझन नमानेका उनिहरुले शव बुझेपछि प्रहरीले अनुसन्धानमा ढिलासुस्ती गरेको भन्दै सदरमुकाममा प्रर्दशन गरेका हुन् ।

प्रशासन र प्रहरीको अनुरोधमा लास बुझेका आफन्तहरुले आज पनि हत्या प्रकारणमा अहिलेसम्म पनि अनुसन्धान नगरिको भन्दै गोरखा सरदमुकाममा प्रर्दशन गरेका हुन ।

प्रर्दशनमा पिडितका आफन्त, छरछिमेकी, विद्यालय ब्यवस्थापन समिति, शिक्षकहरु, बहिरा संघ, स्थानिय आमा समूह, संघ संस्था तथा स्थानिय जनप्रतिनिधीहरु र बहिरा बिद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

उनीहरुले सदरमुकामको खोलखोले देखी नाराबाजी गर्दै लोकतान्त्रिक चोकमा पुगेर कोण सभा गरेका थिए ।

मनकामना बहिरा आवासिय विद्यालयमा कार्यालय सहयोगिको रुपमा काम गर्दै आएका घिमिरको असार २८ गते बिहान विद्यालय नजिककै जंगलमा शव फेला परेको थियो ।

घिमिरेको मृत्यु भएको दिन देखी गण्डकी प्रदेशको नमुना विद्यालय मानिने मनकामना बहिरा आवाशिय विद्यालय आज सम्म खुल्न सकेको छैन ।

बुधबार विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीको अध्यक्षता पिडित परिवार र जन प्रतिनिधी सहितको ६ सदस्य सघर्ष समिति निर्माण गरिएको छ ।

प्रहरी प्रशासनले चाढो भन्दा चाढो दोषी पत्ता नलगाए अझै कडा आन्दोलन गनुको विकल्प नभएको बताए । प्रहरीले घटना सत्यतथ्य पत्ता नलगाउदा सम्म विद्यालयमा लगाएको ताला नखोलिने र पढन पाठन बन्द गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily