काठमाडौं- नायिका नम्रता श्रेष्ठले फाइटरको भूमिका निर्वाह गर्न गाह्रो भएको बताएकी छन्।
चलचित्र जाइरामा फाइटरको भूमिकामा देखिन लागेकी नम्रताले भनिन्,‘जब मैले स्क्रिप्ट पाए, त्यतिबेला म कुनै एङ्गलबाट पनि फाइटर देखिन्नथें।
हुन त मलाई सधैं फरक भूमिकामा काम गर्न मन लाग्छ। मैले मार्सल आर्ट सिक्नुपर्ने भयो। सिक्न थालें, दुई तीन दिन गर्नै सकिनँ। मलाई सक्दिनँ कि जस्तो पनि भयो। मैले आठ महिना ट्रेनिङ गरें। बल्ल म फाइटरजस्तो देखिएँ। याे कुरा अाजकाे साप्ताहिकमा नम्रताले भनेकी छन्।
जाइरामा मैले बितेका १० वर्षको अवधिमा सिकेका कुरा उतार्ने प्रयास गरेकी छु। यो चलचित्रमा मैले किसिङ सिन आफ्नो ब्वाइफ्रेन्डसँग स्वीकृति लिएर गरेकी हुँ।
प्रतिक्रिया