+
Search

ताजा अपडेट +

पपुलर +

मनसुनको न्यून चापीय रेखा उत्तरतिर : मध्य र पूर्वी क्षेत्रमा भारी वर्षाको सम्भावना

4KNationalDaily
२०७६ भाद्र ६, शुक्रबार ०९:०५ बजे

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा औसत स्थानभन्दा उत्तरतर्फ रहेको जनाएको छ । बाँकी स्थानमा औसत स्थानको आसपासमा रहेको महाशाखाको भनाइ छ ।

हाल देशको मध्य र पूर्वी भागका अधिकांस भाग र पश्चिमका धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज (शुक्रबार) पनि केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै देशका केही भागमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो पूर्वी, मध्य र पश्चिमी भागमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने तथा राति धेरैजसो स्थानमा वदली रही मध्य, पूर्व र पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना छ । मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

शनिबार दिउँसो देशभर सामान्य वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र मध्य तथा पूर्वी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार दिउँसो पूर्वी तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily