+
Search

ताजा अपडेट +

पपुलर +

सम्बन्धविच्छेदलगत्तै एक बच्चाकी आमाले अदालतमै गरिन् अर्काे बिहे!

4KNationalDaily
२०७६ भाद्र ७, शनिबार ०७:३२ बजे

काठमाडौं- ओखलढुंगा जिल्ला अदालतमा ०७६ वैशाख अन्तिम साता सम्बन्छविच्छेद गर्न आएका जोडीसँग -अर्का एक पुरुष पनि हाजिर भए।

उनी मुद्दाका साक्षी वा पक्षका आफन्त थिएनन्। पत्नीले सम्बन्धविच्छेदको मुद्दा हालेपछि सुनुवाइ क्रममा आएका भारतीय सुरक्षा फौजमा कार्यरत महिलाका पतिसँग अर्का पुरुष पनि देखेपछि अदालतका श्रेस्तेदार नेत्रबन्धु पौड्यालले उनलाई मुद्दाका पक्षसँग आउनाका कारण सोधे।

ती पुरुषले सहज रूपमा जवाफ फर्काए, ‘म बिहे गर्न आएको।’ जवाफ सुनेपछि अदालतका कमृचारी छक्क परे। सम्बन्धविच्छेद गर्ने महिलासँग आफूले बिहे गर्न आएको बताएपछि ती पुरुष अदालत आउनुको रहस्य खुल्यो।

जारी तिरनेर अर्काकी पत्नी लैजान पाउने चलन गाउँघरमा अझै जिवित छ। ‘भागेर जाने र ल्याउने त धेरै छन्।

छाड्ने र लाने एकैसाथ अदालतमा हाजिर भएर त्यहींबाट अर्काेसँग बिहे गरेर हिँडेको चाहिँ पहिलोपटक देखियो,’ अधिवक्ता गुरुबहादुर बस्नेतले भने, ‘एकातिर तोड्ने र अर्कातिर सहज रूपमा जोड्ने अनौठो घटना देखियो।’

याे खबर अाजकाे अन्नपूर्ण पाेस्टमा शिवप्रसाद ढुगानाले लेखेका छन्।

जागिर पतिसँगको सम्बन्धविच्छेदको प्रक्रिया पूरा हुनासाथ एक बच्चाकी आमा ती महिलाका खोटाङका सडक मजदुरसँग हिँडिन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily