+
Search

ताजा अपडेट +

पपुलर +

पूर्वदेखि पश्चिमसम्मै पानी पर्ने सम्भावना, कहाँ कस्तो वर्षा?

4KNationalDaily
२०७६ भाद्र ७, शनिबार १२:३३ बजे

काठमाडौं- आज (शनिबार) देशैभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भई पूर्वदेखि पश्चिमसम्मै वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार आज देशका पश्चिम र मध्य क्षेत्रका केही र पूर्वी क्षेत्रका थोरै स्थानमा वर्षा हुने सम्भावना छ।

यस्तै मध्य र पश्चिमका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उनले बताइन्। ‘ दिउँसोभन्दा बढी राति वर्षाको सम्भावना छ,’ मौसमविद् बासीले नेपालखबरसँग भनिन्।

यस्तै राति पानी परेको काठमाडौं उपत्यका अहिले बिस्तारै खुल्दै छ। ‘तर अपराह्नपछि फेरि वर्षा हुने सम्भावना देखिन्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily