काठमाडौं- टर्किस एयरलाइन्सको जहाजभित्रै चोरी गर्ने २ चिनियाँ नागरिक पक्राउ परेका छन्।
चोरी कार्यमा संलग्न रहेको आरोपमा चिनियाँ नागरिकहरू राहदानी नम्बर इजी ६८४२७२२ बाहक एमक्वाई र राहदानी नम्बर इजी ५७४२५२३ बाहक हु छिनजोङ छन्। उनीहरुलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।
टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएकी डेनमार्क नागरिकको जहाजभित्रै सुन र नगद उनीहरुले चोरी गरेका थिए। प्र
हरीले जाँच गर्ने क्रममा शनिबार बिहान टर्किस एयरलाईन्सबाट स्तानबुल जान लागेका उनीहरुलाई चोरी भएको सुनको बाला २ थान र विभिन्न देशका मुद्रा सहित पक्राउ गरेको हो।
पक्राउ परेका चिनियाँ नागरिकलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान सुरु गरिएको छ।
प्रतिक्रिया